विप्लव नेतृत्वका तीन कार्यकर्ता दाङबाट पक्राउ

Posted on: 20 Feb, 2018

फागुन ८, दाङ | दाङको तुलसीपुरमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन कार्यकर्ता पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा तुलसीपुर–१९ निवासी पार्टीका जिल्ला सदस्य वासुदेव चौधरी, सोही ठाउँ निवासी विद्यार्थी संगठनका प्रकाश गिरी र तुलसीपुर–५ निवासी प्रेम परियार रहेको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । 

परियारले बन्दको अवज्ञा गरेको भन्दै बसपार्कमा मोटरसाइकल पल्टाइदिएको र चौधरी तथा गिरीले ग्वारखोलामा सवारीचालकमाथि हातपात गरेको आरोप लागेको छ । पक्राउ परेका तीनैजनालाई आदेशअनुसार कारबाही अघि बढाइने प्रहरीले जनाएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!