नवजागरण साकोसको दोस्रो दिन : सहकारी र धार्मीक स्थल भ्रमण

Posted on: 20 Feb, 2018

प्रज्वल पौडेल । फागुन ८, भैरहवा ।

मन्थली नगरपालीकामा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मंगलबार सहकारी संस्था र धार्मीक स्थलको अध्ययन  अवलोकन भ्रमण गरेको छ । साकोसले भ्रमणको दोस्रो दिन नवलपुर¸नवलपराशी र चितवनका विभिन्न धार्मीक स्थल र सहकारी संस्थाको क्षेत्रको अवलोकन गरेको हो ।

सहकारीका शेयर सदस्यहरुले विहान नवलपुरमा रहेको प्रसिद्ध धार्मीक स्थल मौलाकालीका मन्दिरको दर्शन गरेका छन् ।


उनीहरुले सोही स्थानबाट विभिन्न भूभागको अवलोकन समेत गरेका छन् । नारायणगढबाट मौलाकालिका मन्दिरको फेदी प्रवेशद्वारसम्मको सडक कालोपत्रे गरिएकाले यातायातको पर्याप्त सुविधा छ । फेदीको प्रवेशद्वारदेखि डाँडामा अवस्थित मौलाकालिका मन्दिरसम्म जानका लागि ढुङ्गाले चिनिएका १८८२ वटा सिँढीहरूको फराकिलो बाटो छ ।

फेदीबाट सिँढीमार्गको यात्रा गर्न सामान्य तया पैतालिस मिनेटदेखि एक घन्टासम्मको समय लागेर पुगेको भ्रमणटोलीका सदस्य श्रीकृष्ण कार्कीले बताए । मन्दिर पुगेर भगवती माताको दर्शन गरेपछि भने उकालो यात्राको थकानको अनुभूति नभएको उनको भनाइ छ ।

यसैगरी नवलपरासी नवलपुरको दुम्कौलीमा रहेको शास्वतधामको अवलोकन पनि गरेका छन् ।


धार्मिक एवम् पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यले यस शाश्वतधाम नवलपरासीको देवचुली नगरपालिका २ दुम्किौलीमा रहेको सिजी इन्डष्ट्रियल पार्क परिषरमा निर्माण गरिएको हो । मन्दिर परिसरमा गुरुकुल विद्याश्रम, खण्ड अग्निकुण्ड, शक्तिघाट, धर्मशाला, यज्ञ कुण्ड, हनुमान मन्दिर, धार्मिक प्रर्दशनी स्थल, धार्मिक संग्राहलय, डिजिटल धार्मिक संग्राहलय, धार्मिक पुस्तकालय रहेको छ । त्यस्तै धामभित्र बुद्धको मुर्ति निर्माण र अन्य भौतिक संरचना समेत निर्माणको क्रममा रहेको छ । यस धामको मध्य भागमा विश्वमै प्रसिद्धि कमाएको खजुरावान शैलीमा बनेको बुट्टेदार तथा अत्यन्तै मनमोहक एकम्बरेश्वर शिव मन्दिर रहेको छ । अवलोकन पश्चात नेपालमा रहेको यस्ता ऐतिहासिक संरचनाले पर्यटकीय क्षेत्रको विकासमा महत्वपूर्ण योगदान हुनुका साथै आर्थिक समृद्धीमा टेवा पुग्ने भ्रमण टोलीका सदस्य यमबहादुर बुढाथोकीको भनाइ रहेको छ । विभिन्न कालखण्डका आर्थिक तथा सामाजिकरुपमा लोभ हुदै गएको सामान र धार्मीक महत्व बोकेको स्थलको अध्ययन अवलोकन भ्रमणमा महत्व रहेको बताए ।

यसैवीच नवजागरणको भ्रमण टोलीले भरतपूर चितवनमा रहेको प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग अन्तक्रिया कार्यक्रम गरेको छ ।


कार्यक्रममा नवजागरण साकोस उपाध्यक्ष दिपक कुमार क्षेत्री, र व्यवस्थापक रमेश उदाशले आफ्नो साकोसले गरिरहेका कार्यहरु र भावी रणनीतिका वारेमा जानकारी गराएका छन् । भने प्रभात दिदी बहिनी साकोसका अध्यक्ष सरस्वती कतिला र सचिव साधना श्रेष्ठले उक्त सहकारीले हालसम्म गरेका कार्यक्रमको बारेमा जानकारी गराइन् । दुबै संस्थाबीचको अन्तक्रिया पछि एक अर्काले मायाको चिनो आदान प्रदान समेत गरे ।


सहकारीको साधारणसभाबाट गोलाप्रथाद्धारा छनौट भएका सहकारीका शेयर सदस्य र संचालक समितिका पदाधिकारी सहित ३० जनाको टोली सहकारी भ्रमणमा निस्किएको हो । सफल सहकारीहरुका प्रगतिका बारेमा आफ्ना शेयर सदस्यलाई जानकारी गराउँदै आफ्नो ठाउँमा समेत थप सफलता हाँसिल गर्न भ्रमण आयोजना गरिएको संस्थाले जनाएको छ । भ्रमण टोली आज नवलपरासीको परासी, दाउन्ने हुदै रुपन्देही, भैरहवा पुगेको छ ।


 



यस बिषयमा तपाइको प्रतिक्रिया...!