दैलेखमा जीप दुर्घटनामा ४ जनाको मृत्यु

Posted on: 22 Feb, 2018

फागुन १०, दैलेख | दैलेख सदरमुकामबाट महाबु गाउँपालिका जाँदै गरेको जीप दुर्घटनामा परेको छ । दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । जीप सडकबाट निकै तल खसेको छ । लु१ ज ३५३२ नम्बरको जीप साविकको रानीवन गाविसको ओखलढुंगा भन्ने ठाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा महाबु गाउँपालिका–५ का ३५ वर्षीय सरल कुमार शाही, महाबु–४ गैंडाबाजकी २२ वर्षीय निर्मला पाण्डे, कालिकोटकी २९ वर्षीया निर्मला कुमारी शाही र सुर्खेतका तिलक ढकाल छन् । 

यसैगरी घाइते हुनेको पहिचान खलेको छैन । घाइतेको उपचारको लागि जिल्ला अस्पताल ल्याइँदै गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सरोज पौडेलले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!