मुगुमा सडक निर्माणका क्रममा ढुङ्गा खसेर एक मजदुरको मृत्यु

Posted on: 24 Feb, 2018

नन्द बहादुर रोकाया/फागुन १२, मुगु । ग्रामिण पहुच कार्यक्रम र्याप थ्रीको सहयोगमा सञ्चालीत २० किलोमिटर लामो गमगढी ग्रिलाह धैना धुलाचौर सडक खण्डमा काम गदै गरेका एक जना कामदारको मृत्यु भएको छ । 

गमगढी ग्रिलाह धैना धुलाचौर सडक खण्डको निगाले गाउँ नजिकैको चुच्चे भिरमा काम गरीरहेको अबस्थामा माथि बाट ढुङ्गा खसी कामदार सोरु गाउँपालीका वडा नं १० का ४९ बर्षका भक्त बहादुर मल्लको ढुङ्गाले थिचिएर घटना स्थलमै मृत्यु हो । 

ढुङ्गा कस्ले खसालेको भन्ने अहिले सम्म नखुलेको र मृत्तक मल्लको पोष्टमार्टम गरी आजै दाहासस्कार गरीएको जिल्ला प्रहरी कार्यलय मुगले जनाएको छ । मृत्तक मल्लका एक छोरी र श्रीमती रहेका छन ।

मृतक परिवारले पाँच लाख पाउने

ढुङ्गा खसी मृत्यु भएका सोरु गाउँपालीका वडा नं १० का भक्त बहादुर मल्लका परिवारले पाँचलाख रुपैया पाउँने भएका छन । 

ग्रामिण पहुच कार्यक्रम ¥याप थ्रीको सहयोगमा सञ्चालीत गमगढी ग्रिलाह धैना धुलाचौर सडक खण्डमा काम गदै आएका कामदार हरुको दुर्घटना बिमा गरीएकाले मृत्तक मल्लका परिवारले राहात स्वरुप पाचँलाख पाउने भएका हुन ।

सडकको काममा लगाउदाँ कामदार छनोट गरी  योग्य कामदार लाई मात्र काममा लगाउने गरेका र कुनै भबितब्य दुर्घटना भएका खण्डमा बिमा स्वरुप पाँच लाख पाउने नियम अनुसार मृत्तक का परिवार लाई पाँच लाख दिईने ग्रामिण पहुच कार्यक्रम र्याली थ्रीका कार्यक्रम संयोक मोहन रुवालीले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!