नगर शिक्षा समिति नबन्दा आधा बिध्यालयमा शिक्षक बिहिन

Posted on: 25 Feb, 2018

फाल्गुन १३, सल्यान । पश्चिम बनगाड कुपिन्डे नगरपालिकामा अधिकास बिध्यालयमा शिक्षक नियुक्तिमा ढिलाइ भएको छ । बनगाड कुपिन्डे नगरपालिकामा नगर शिक्षा समिति नबन्दा शिक्षक नियुक्तिमा ढिलाइ भएको हो । 

शिक्षक नियुक्ति नभएका बिध्यालयहरुमा नगरपालिका कै केन्द्रमा रहेको प्रभाकर उमावि बनगाड कुपिन्डे नगरपालिका १ देवस्थलमा प्राबि अस्थायी दरबन्दी लेखापाल र प्लस टु को दरबन्दी खाली रहेको छ , जनता प्राबी बनगाड कुपिन्डे नपा ४ डोप्केमा प्राबी अस्थायी दरबन्दी खाली छ, जनता प्राबी बकु नपा ४ रोकागाउ च्यानडाडामा प्राबी अस्थायी, कृष्ण प्राबी बकु नपा ४ खरेखोला अस्थायी कुपिन्डेश्वरी प्राबी बनगाड कुपिन्डे नगरपालिका ८ मा अस्थायी र नवजोती माबी बनगाड कुपिन्डे नगरपालिका ८ बाबियाचौरमा अग्रेजी राहत शिकहक दरबन्दी खाली रहेका छन । 

अधादर्जन बिध्यालयमा शिक्षक नियुक्त नहुदा बिध्यार्थीहरुको भविस्य अन्यौलता छाएको छ । सबै बिध्यालयहरुमा बिज्ञापन खोले पनि परिक्षा हुन सकेको छैन ।  संबंधित पक्ष भने मौन छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!