ओखलढुंगामा अचम्मको बच्चा जन्मियो, एउटा आँखा, नाक र मुख नै देखिदैन

Posted on: 25 Feb, 2018

पूर्णप्रसाद न्यौपाने | फागुन १३, ओखलढुंगा | ओखलढुंगा, फागुन १३– ओखलढुंगामा पेटभित्रै ट्यूमर भएको बच्चा जन्मिएको छ । ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा आमाको पेटमै ट्यूमर भएको अनौठो शिशुको जन्म भएको हो । मानेभन्ज्याङ गाउँपालिका ४, केत्तुकेका लक्ष्मण गुरुङ र विपना गुरुङको पहिलो सन्तान (छोरी) को जन्मदै टाउको र अनुहारमा ट्यूमर देखिएको छ । २९ वर्षिय विपनाले अनौठो शिशुलाई जन्माएकी हुन् ।

शिशुको टाउकोको दायाँ तर्फको आकार निकै ठूलो छ । एउटा आँखा, नाक र मुख नै देखिदैन । २ किलो ७ सय ग्राम तौल भएको शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । आमाको दुध तान्न नसक्ने भएकाले अहिले शिशुलाई इन्कुवेटरमा राखिएको छ ।

अहिलेको अवस्था हेर्दा बच्चालाई आमाको पेटभित्रै ट्यूमर भएको अनुमान चिकित्सकले गरेका छन् । उनलाई केही दिन बढ्न दिएर थप परिपक्व भएपछि काठमाडौं रेफर गरिने अस्पतालका चिकित्सक (एमडिजिपी) संजय पोख्रेलले बताउनुभयो । डा.पोख्रेलका अनुसार उनको सिटिस्क्यान पछि ट्यूमर हो या होइन भन्ने थाहा हुन्छ । यदि ट्यूमर हो भने बाल विशेषज्ञ सर्जनहरु मार्फत शल्यक्रिया गर्न सकिने  पनि पोखरेलले बताउनुभयो ।

चिकित्सकका अनुसार यसलाई जन्मजात शारिरिक अपाङगता भनिन्छ । यस्तो शिशु जन्मिनुका मूख्य चारवटा कारणहरु हुन्छन् । ढिलो उमेरमा आमाले बच्चा जन्माउनु, हाडनाताको सम्बन्ध, गर्भावस्थामा जथाभावी औषधीको प्रयोग र गर्भावस्थामा भिटामिन (फोलिक एसिड) को कमी हुनु । यी कारणहरुले यस्तो हुने सम्भावना बढी हुने डा.पोख्रेलले बताउनुभयो ।


तश्विरमा : ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा जन्मिएको अनौठो शिशु । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!