आज पनि गयो भूकम्प, महाभूकम्प पछिको ४९१ औं पराकम्प !

Posted on: 27 Feb, 2018

फागुन १५, दोलखा | दोलखामा गएराति भूकम्पको परकम्प गएको छ । 

आज बिहान (राति) १२ बजेर ४५ मिनेट जाँदा दोलखाको श्यामा केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो परकम्प २०७२ सालकै गोरखा भूकम्पको परकम्प भएको पनि केन्द्रले जनाएको छ । यो महाभूकम्प पछिको ४९१ औं पराकम्प हो ।

भूकम्पले हल्लाएपछि दोलखाका श्यामा वरपरका गाउँमा सुतेका नागरिक ब्युँझिएका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!