गिरीजाप्रसाद स्मृति कप भलिबल प्रतियोगिता सिँगटीमा हुने

Posted on: 27 Feb, 2018

ताराबहादुर महत । फागुन १५, दोलखा । तीन नम्बर प्रदेशस्तरिय गिरीजा प्रसाद स्मृति कप पुरुष भलिबल प्रतियोगिता आगामी फागुन २४ गतेदेखि दोलखाको सिँगटीमा संचालन हुने भएको छ ।

सयपत्री युवा क्लब विगु गाउँपालिका–४, लादुक दोलखाले स्वर्गीय काङ्ग्रेस नेता तथा पुर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोईरालाको सम्झनामा प्रतियोगिताको आयोजना गरेको चरिकोटमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । जिल्ला स्तरका खेलाडीहरुको स्तर बृद्धि र समग्र खेलकुद क्षेत्रको विकासमा सहयोग पु¥याउने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष विरेन्द्र कटुवालले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुनेले २ लाख १५ हजार, द्धित्तिय हुनेले १ लाख तथा तृत्तिय हुने समुहले ५० हजार रुपैँया नगद शिल्ड, मेडल र प्रमाण पत्र पाउनेछन । प्रतियोगिताको सहआयोजना विगु गाउँपालिकाले गरेको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!