दाङमा सवारी दुर्घटना हुदा एकको मृत्यु

Posted on: 27 Feb, 2018

फागुन १५, दाङ | यहाँ भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुरस्थित यातायात व्यवस्था कार्यालय राप्तीका नायब सुब्बा हरिबहादुर नेपाली रहेको जिल्ला प्रहरी दाङले जानकारी दिएको छ । 

प्रहरीका अनुसार तुलसीपुरबाट घोराहीतर्फ रा ३ प ८७७३ नंको मोटरसाइलकमा जाँदै गरेका नेपाली घोराहीबाट तुलसीपुरबाट आउँदै गरेको ना ६ ख ६२० नंको ट्रकमा ठोक्किएको र त्यसपछि पछाडिबाट आउँदै गरेको रा १ त ८३५ नंको ट्र्याक्टरले किचेको थियो । अन्दाजी ४५ वर्षीय नेपाली रुकुमको मुसिकोट नगरपालिका–४ निवासी रहेको खुल्न आएको छ । 

नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनलाई 

राप्ती क्षेत्रीय अस्पताल पुर्याएलगत्तै प्रहरीले मृत घोषणा गरेका थिए । दुर्घटना दिउँसो ३ बजेतिर घोराही–तुलसीपुर सडकखण्डको सर्रा नजिकै भएको थियो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!