सल्यानमा २४ घण्टा देखि विद्युत अवरुद्ध

Posted on: 28 Feb, 2018

खकेन्द्र केसी/फागुन १६, सल्यान। सल्यानमा ३३ केभी प्रशारण लाईनले गर्दा पटकपटक विद्युत अवरुद्ध भएको छ ।


मंगलबार दिउसो देखि अवरुद्ध भएको विद्युत आज  सम्म सुचारु भएको छैन् । सल्यानमा अहिलेसम्म दाङ तुलसीपुरमा रहेको  सव स्टेसनबाट आएको ११ केवि लार्इनले काम गरेकोछ ।  ,तर ११ केविले सल्यानलार्इ धान्न नसक्ने भएपछि श्रीनगरमा ३३ केविको प्रशारण लाईन जडान गरिएको  नेपाल विद्युत प्राधिकरण सल्यान बितरण केन्द्रले जनाएको छ ।

करिब एक बर्ष अघि जडान गरिएकोउक्त ३३ केवि प्रशारण लाईनले अहिले सम्म काम गर्न सकेको छैन् । यही ३३ केवि लार्इन चालु गर्न खोज्दा सल्यानमा पटकपटक विद्युत अवरुद्ध हुन्छ तर काम कहिले पनि पुरा हुन सकेकोछ‍ैन ।

हिजो देखि संचालन गर्न खोजेकोकाम आज २४ घण्टा वित्दा पनि सम्पन्न भएको छैन् । यसरी काम सम्पन्न नहुदा जिल्ला स्थित संचारमाध्ययम, कार्यालय, उद्योग, सर्वसाधारण लगाएतका सेवाग्राही मारमा परेका छन । जिल्लाको सदरमुकाम र बागचौरबाट संचालन आएका सबै रेडियोहरु विद्युत नहुदा बन्द छन् ।

गत बर्षको कात्तिक महिनामा सल्यान अआएका तत्कालीन उर्जा मन्त्री जनार्दन शर्माले श्रीनगरमा निर्माणाधीन ३३ केवि विद्युत् सव–स्टेसनको काम दुई महिनाभित्र सम्पन्न गरिसक्ने प्रतिबद्धता जनाएका  थिए । तर आज १६ महिना पुग्दापनि सव स्टेसनको काम नहुदा पटकपटक सल्यानीहरु अध्यारोमा बाध्य भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!