विश्व कृतिमानी अर्पण शर्मा कालीकोटमा

Posted on: 02 Mar, 2018

फागुन १८, कालीकोट । एक मिनेटमा ४२ वटा शब्दहरु कण्ठ गरेर विश्व रेकर्ड राख्न सफल अर्पण शर्माले कालीकोटका यूवाहरुलाई पनि स्मरण शक्ति अभिबृद्धि तालिम दिएका छन् । 

मेमोरी किंङका रुपमा परिचित अर्पण शर्मा कट्टेलले शुक्रबारबाट कालिकोटका भण्डै २ सय जना भन्दा बढी युवाहरु उक्त तालिम दिँदैछन् ।


एवान मिडिया सेन्टरको आयोजनामा प्रति व्यक्ति एक हजार देखी १ हजार ५ सय शुल्क लिईएको तालिममा कुनै पनि व्यक्तिले आफ्नो दिमागलाई कसरी सक्रिय बनाउने ?आफ्नो नियन्त्रणमा कसरी राख्ने?कुनै पुस्तक नै एकै छिनमा कसरी स्मरण गर्ने लगायतका बिषयमा तालिम दिईएको छ । तालिम अवसरमा शर्माले नेपालमा गलत शैक्षिक नीतिकै कारण झण्डै ५० प्रतिशत युवाहरुले डिप्रेशनको समस्या भोगी रहेको बताए ।

उनले अध्ययन गर्ने कुरा रटेर मात्र नहुने भन्दै कुनै पनि कुराको चित्रद्धारा, भिडियो बनाएर अध्ययन गर्दा सहजै स्मरण गर्न सकिने बताए । उनले नेपालको संविधानलाई पनि अक्षरशः स्मरण गर्न सकिने बताए । धेरैजसो लोकसेवा आयोगको तयारी गर्ने विद्यार्थीहरुलाई आफुले दिएको तालिमकै कारण सफलता मिल्ने गरेको उनको दाबी छ ।

विद्यालयमा ५४ मिनेटको एउटा कक्षा सकिए लगत्तै अर्को कक्षा सुरु गर्ने परिपार्टीले विद्यार्थीहरुको दिमागलाई तनाव मात्र दिने गरेको भन्दै उनले एक कक्षा पछि न्यूनतम १५ मिनेट विद्यार्थीलाई आरामगर्न दिनुपर्ने उनको भनाई छ । 

उनले योगमार्फत हरेक व्यक्तिको दिमागलाई सक्रिय बनाउने, जुनसुकै बिषयलाई चित्र र भिडियो बनाएर बुझ्ने गर्दा मानिसको स्मरण शक्तिमा दश गुणा बृद्धि हुने जानकारी दिए ।

आफुले बर्षभरी विद्यालय नजाने तर हरेक बर्ष विद्यालयकै उत्कृष्ठ अंक ल्याउन गरेको सुनाउँदै आफुले दिएका तरिकाहरु अपनाए कुनै पनि विद्यार्थीले बर्षभरी विद्यालय गईराख्नु नपर्ने बताए । नियमित विद्यालय गएर जति रटेपनि निकै राम्रो विद्यार्थीले पनि राम्रो अंक ल्याउन नसक्ने उनको भनाई छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!