बझाङमा माटोको ढिस्कोले पुरिएर २ को मृत्यु

Posted on: 03 Mar, 2018

सम्राट सिंह/फागुन १९, बझाङ | जिल्लाको खप्तड छान्ना गाउँपालिका ३ मा माटोको ढिस्कोले पुरिएर २ को मृत्यु भएको छ । माटोको खानीमा माटो खन्ने क्रममा आज खप्तड छान्ना गाउँपालिका घर भएका सुनिता देवी जोशी र रतना देवी पाध्याको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । घटनाको थप अनुसन्धान गर्न प्रहरी टोली घटनास्थल पुगेको छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!