कुष्ठरोग सम्बन्धि अभिमुखीकरण

Posted on: 03 Mar, 2018

फागुन १९, कालिकोट | पचालझरना गाउँपालिका वडा नं. ८ मा कुष्ठरोग सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा पिछडिएको र उपेक्षित समुदायको कुष्ठरोगमा पहुँच पुगाउने, कुष्ठरोग न्यूनिकरणका लागि स्थानीय समुदायमा जनचेतना फैलाउने उद्देश्यले उक्त अभिमुखीकरण गरिएको आयोजकले जनाएको छ ।

पचालझरना गाउँपालिका वडा नं. ८ स्थित मय र बिस्खेतका स्थानीय महिला स्वास्थ्य स्वयम् सेविका, शिक्षक विद्यार्थी लगायतका २० जनाको सहभागिता रहेको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका कुष्ठरोग कार्यक्रम फोकल पर्सन कटकबहादुर महत, सिअहेव रवीन्द्र सेजुवालले सहजीकरण गरेको छन् । स्वास्थ्य चौकी नानिकोटका ईन्चार्ज जन्मऋषि न्यौपानेको अध्यक्षतामा भएको अभिमुखीकण कार्यक्रममा कुष्ठरोगका बारेमा जानकारी गराउनुका साथै कुष्ठरोग संक्रमित बिरामीहरुलाई स्वास्थ्य संस्थामा जान प्रेरणा दिने बताईएको छ ।

कुष्ठरोग कार्यक्रमका फोकल पर्सन कटकबहादुर महतले शनिबारको अभिमुखीकरण कार्यक्रममा सहभागी भएका २० जनाले घर दैलोमा गएर कुष्ठरोगका लक्षण भएका बिरामीहरुलाई स्वास्थ्य संस्था पठाउन अभियान नै थालिने बताए । उनले कुष्ठरोग संक्रमित बिरामीहरु स्वास्थ्य संस्थामा कम आउने भएकाले यसलाई निरुत्साहित गर्न ग्रामीण स्तरमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!