जिरी अस्पतालले २० बर्ष पुरानो ५ केजीको ट्युमर निकाल्यो

Posted on: 04 Mar, 2018

ताराबहादुर महत । फागुन २०, दोलखा । जिल्ला अस्पताल जिरीमा एक बृद्धाको शरीरबाट पाँच किलोग्रामको ट्युमर सल्यक्रियाबाट सफलतापुर्वक निकालिएको छ ।


दोलखाको जिरी नगरपालिका वडा नम्बर ३ निवासी ६५ बर्षिया पेमाडोमा शेर्पाको थाईमा रहेको पाँच किलोग्रामको ट्युमर सल्यक्रियामार्फत निकालिएको अस्पतालले जनाएको छ । विरामीको रगतमा हेमोग्लोबिनको मात्रा पर्याप्त नभएको बेला पनि अस्पतालका क्लिनिकल कोअर्डिनेटर डाक्टर निशान्त ढकालको नेतृत्वमा रहेको मेडिकल अधिकृत सहितको टोलिले शुक्रबार ट्युमर निकालेको अस्पताल प्रशासनले जनाएको छ । स्वाथ्यकर्मीहरुका अनुसार रगतमा हेमोग्लोविनको मात्रा कम हुँदा शल्यक्रियाको समयमा धेरै रगत बग्ने हुन्छ ।

आर्थिक अवस्था कमजोर भएका कारण शेर्पा २० बर्षदेखि ट्युमर लिएर बस्न बाध्य भएकी थिईन । सफल शल्यक्रियामार्फत ट्युमर निकालिएपछि शेर्पा परिवारले खुसी व्यक्त गरेका छन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!