सुस्तामा भएको अवैध रूपमा नदिजन्य प्रदार्थ चोरी कार्य ठप्प पार्छु: कुवर

Posted on: 05 Mar, 2018

श्याम थापा | फागुन २१, सुस्ता | सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सुस्ताका सशस्त्र प्रहरी निरीक्षक छबिलाल कुवरले सुस्ता गाउँपालिका अन्तर्गत हुने नारायणी नदिबाट अवैध रूपमा नदिजन्य प्रदार्थ गिट्टी,बालुवा र ढुङ्गाको चोरी कार्यलाई ठप्प पार्ने उहाँले बताउनु भयो । 

नारायणी नदीबाट दैनिकी रूपमा नदिजन्य प्रदार्थ गिट्टी बालुवा र ढुङ्गाको चोरी भैरहेको भन्दै पटक पटक सुस्ता गाउँपालिकाका स्थानीयबासीहरुको गुनासो आएपछि  सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सुस्ताका सशस्त्र प्रहरी निरीक्षक छबिलाल कुवरले नदिजन्य प्रदार्थको चोरी कार्य रोक्नको लागि आफ्नो टिमलाई परिचालन गरेको हो । आफू सहितको मोबाइल टोली नारायणी नदिमा परिचालन गरेको दिनमै ६ वटा ट्याक्टर पक्राउ गरेका थिए भने पुन गए राती नारायणी नदीबाट अवैध रूपमा नदिजन्य प्रदार्थ गिट्टी,बालुवा र ढुङ्गा चोरी गरिरहेको क्रममा ६ वटा ट्याक्टर टाली पक्राउ गरेको छ । 


पक्राउ परेको ट्याक्टर टाली र नदिजन्य प्रदार्थ गिट्टी,बालुवा र ढुङ्गालाई आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समिति नवलपरासी बर्दघाट सुस्ता पश्चिमको कार्यालयमा पठाएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टका सशस्त्र प्रहरी निरीक्षक छबिलाल कुवरले जानकारी दिनु भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!