सप्तरीमा नहरमा डुबेको अबस्थामा एक बालिकाको शव फेला

Posted on: 06 Mar, 2018

फागुन २२, राजविराज | सप्तरीको सप्तकोशी नगरपालिका–४ स्थित नहरमा आज एउटा बालिकाको शव फेला परेको छ । 

इलाका प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार सप्तकोशी नगरपालिका–४ बस्ने अनिल सदाकी दुई वर्षीया छोरी चन्दाको शव नहरमा डुबेको अवस्थामा फेला परेको हो । 

घर छेउमा रहेको नहरमा खेल्ने क्रममा ती बालिका डुबेको स्थानीयवासीले बताएका छन् । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल लगिएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!