दार्चुलामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

Posted on: 06 Mar, 2018

लोकेन्द्र प्रशाद जोशी | फागुन २२, दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाको लटिनाथबाट गोकुलेश्वर आउँदै गरेको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या दुइ पुगेको छ । सोमबार बेलुकी म १ ज २३३ नम्बरको जीप बैतडीको डिलाशैनी गाउँपालिका ३ रुइनेतमा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाइते मध्ये मार्मा गाउँपालिका ३ का कृष्ण विष्टको गोकुलेश्वर अस्पतालमै मृत्यु भएको थियो । गोकुलेश्वरबाट थप उपचारको लागि रिफर गरिएका सोही ठाउँका सन्तोष विष्टको कैलालीको गोदावरी पुग्ने बेला मंगलबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ ।

घट्नाबारेमा बैतडी प्रहरीले अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक दिर्घ बोगटीले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!