सल्लीबजारको आँखा शिविरमा २ सय ७७ जनाको चेकचाज

Posted on: 06 Mar, 2018

फाल्गुन २२, सल्यान | सल्यानको सल्लीवजारमा सञ्चालन भएको आँखा शिवीरमा आज २ सय ७७ जनाले आँखाको चेक जाँच गरेका छन् । आजै नै राती १० बजे सम्म काम गरेर  ६५ जनाको आँखाको सल्याक्रिया भएको छ । 

२ दिन सम्म चल्ने शिवीरमा टाढाटाढाबाट समेत आँखाको चेक जाँच गर्न आएका छन् । सल्यानको बन्गाड कुपिण्डे नगरपालीका कुमाख गाउपालिका र सुर्खेत सिम्ता गाउँपालीकाका , छिमेकी जिल्ला जाजरकोट रुकुम लगाएतका स्थानीय नागरिकहरुले उक्त सेवा लिएका छन् । नेत्रज्योति संघ,राप्ती आँखा अस्पताल रक्षचौर दाङ्गको प्राविधीक सहयोग, नेपाल सरकारको आर्थिक सहयोग तथा बन्गाड कुपिण्डे नगरपालीका,रेडक्रस उपशाखा सल्लीको आयोजनमा शिवीर सञ्चालन भएको रेडक्रस सल्लीका सभापति पुष्कर वि.सीले वताउनु भएको छ । 

आँखाको सफल उपचार तथा चेक जाँचको लागि पहिलो दिन छुटेका सवै विरामीहरुलाई दोस्रो दिन उक्त सुविधा लिन आउनुहुन सभापति वि.सीले अनुरोध समेत गर्नु भएको छ । साथै रुकुमको चौरजहारी नगरपालिकाको खोलागाउमा पनि यहि फाल्गुन २५ र २६ गते सन्चालन हुने नेत्र्ज्योती संघ राप्ती आँखा अस्पताल रक्षाचौर दाङले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!