चोरीमा संलग्न बाँकेका एक पुरुष दोलखामा पक्राउ

Posted on: 08 Mar, 2018

ताराबहादुर महत । फागुन २४, दोलखा । चोरीमा संलग्न एक पुरुषलाई दोलखा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके जिल्ला नवस्ता गाउँपालिका वडा नम्बर ३ का नन्दप्रसाद खत्री रहेका छन ।

गत सोमबार राति चरिकोटस्थित शर्मिला होटलमा बास बस्न भनी आएका खत्री नगद तथा जिन्सी समान चोरेर राति नै फरार भएका थिए । समान चोरी गरेर आफ्नो घर फर्कने क्रममा खरिढुङ्गा प्रहरी चौकीले खत्रीलाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब निरिक्षक यज्ञनन्द शाहले जानकारी दिनुभयो । पक्राउ परेका खत्रीको साथबाट २९ हजार रुपैँया नगद र जिन्सी सामान समेत बरामद गरिएको छ ।

बुधबार दोलखा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी पक्राउ परेका खत्रीमाथि अनुसन्धान भईरहेको प्रनानि शाहको भनाई छ । प्रहरीका अनुसार खत्री निजी आवास पुननिमार्णको काम गर्न मजदुरको रुपमा बाँकेबाट दोलखा आएका थिए ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!