शिक्षा/स्वास्थ्य क्षेत्रमा भएको ब्यापारिकरण रोक्न आवश्यक : रायमाझी

Posted on: 09 Mar, 2018

फागुन २५, अर्घाखाँची | सन्धखर्क नगरपालिका  वार्ड नं. २ का अध्यक्ष माेतिजङ्ग रायमाझीलेले शैक्षिक गुणस्तर  बृद्धिकाे लागि शिक्षक,बिद्यार्थी  र अभिभाव बीच सुमधुर सम्बन्ध कायम गरेर अघि बढ्नुपर्ने  बताउनु भयाे ।

भगवती  माध्यमिक बिद्यालय  सन्धिखर्क काे बधाई  तथा शुभकामना कार्यक्रममा मन्तव्य  राख्दै  उहाँले बर्तमान शिक्षा प्रणालीमा व्यापक सुधारकाे खाँचो औल्याउनु भयाे । रायमाझीले  शिक्षा  र स्वास्थ्य क्षेत्रमा भएको व्यापारी करण नराेके सम्म गरिब जनताका छाेरा छाेरीले पढ्न सक्ने अबस्था नै नरहेको  भन्दै निशुल्क र अनिवार्य  शिक्षाको  बिषयमा  जाेडदिनु भयाे ।

बिद्यालयका प्रधानाध्यापक श्यामबहादुर  भुसालको अध्यक्षता र शाेभाखर पन्थीकाे संचालनमा सम्पन्न कार्यक्रममा बिद्यालय व्यवस्थापन  समितिका अध्यक्ष शिबहरी पाैडेल, सदस्य द्वय भाेजबहादुर गन्दर्व, तुल्सी गैरे, सल्लाहकार लेखनाथ भुसाल , बिष्णु  ढुङ्गाना,शिक्षक कृण्ण प्रसाद भुसाल  लगायतका बक्ताहरुले मन्तव्य  राख्दै शैक्षिक गुणस्तर बृद्धिमा जाेडदिनु भयाे । कार्यक्रममा बिद्यार्थीहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए । यसबर्ष भगवती माध्यमिक बिद्यालय बाट १२५ जना बिद्यार्थी एस.ई.ई. परिक्षामा समाबेस हुँदै छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!