जिल्ला स्वास्थ्य कार्यालय कालिकोटको एक दिने अभिमुखिकरण

Posted on: 10 Mar, 2018

फागुन २६, कालिकोट | जिल्ला स्वास्थ्य कार्यालय कालिकोटको आयोजनमा प्रजनन् स्वास्थ्य सेवाका बारेमा शनिवार अभिमुखीकरण गरिएको छ । व्यवस्थित परिवार स्वास्थ्य र विकासको आधार एकीकृत रुपमा खोपसंग परिवार नियोजन सेवा विस्तार सम्वन्धि प्रजनन स्वास्थ्य समन्वय समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण हो ।

जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका निमित्त कार्यालय प्रमुख मोहमत ओजैर आलमको अध्यक्षता तथा जिल्ला समन्वय समितिका सदस्य ऐना शाहीको प्रमुख आतिथ्यतामा भएको अभिमुखिकरण कार्यक्रममा बोल्दै सरोकारवालाहरुले जिल्लाका नेता र शिक्षित वर्गको परिवारमा प्रजनन् स्वास्थ्यका बारेमा जानकारी नभएको बताएका छन् । शिक्षित परिवारमा नै  प्रजनन् स्वास्थ्य सम्वन्धि ज्ञान नहुँदा गाउँका नागरिकलाई बुझाउन असहज भएको सरोकारवालाहरुको भनाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!