कालिकोटको कोटवाडामा शैक्षिक गोष्ठि

Posted on: 10 Mar, 2018

फागुन २६, कालिकोट | नरहरीनाथ गाउँपालिका वडा नं. २ स्थित चौथीकोट आधारभुत विद्यालयमा गुणस्तरीय सिकाई वातावरण सम्बन्धि एक दिने गोष्ठि शनिबार सम्पन्न भएको छ । चौथीकोट आधारभुत विद्यालयको आयोजना, सेभ द चिल्ड्रेनको साझेदारी तथा किर्डाक नेपाल कालिकोटद्धारा सञ्चालित सम्भव परियोजनाको सहयोगमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

गोष्ठिमा विद्यार्थीको सिकाई उपलब्धीको मापन गर्ने, विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्नका लागि उक्त गोष्ठिको आयोजना गरिएको शिक्षक कम्मर बिश्वकर्माले जानकारी दिए । उनका अनुसार किर्डाक नेपालकी फिल्ड सुपरभाईजर झुपा बिकले गोष्ठिको सहजीकरण गरेकी थिईन् । गोष्ठिमा विद्यालयको शिक्षक, विद्यार्थी, नरहरीनाथ गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष प्रेम दर्जी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अन्य अभिभावकहरु लगायतका शैक्षिक सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि सबै सरोकारवालाहरुको सामुहिक प्रतिबद्धताको खाँचो रहेको बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!