लामखुट्टेको कारण कांग्रेसको आन्दोलन, वेवास्ता गरे यातायातनै ठप्प पारिने (तश्विरहरु)

Posted on: 11 Mar, 2018

फागुन २७, बिरगंज | लामखुट्टेको बिगबिगीले गर्दा बिरगंज महानगरपालिका अगाडी नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ का अध्यक्ष बिजय सरार्फको नेतृत्वमा धर्ना दिएको छ । 

धुलो र लामखुट्टेको समस्याले गर्दा बिरगंजका स्थानियहरुले बाईपास सडक खण्डमा टायर बाली बिरोध प्रदर्शन गरिरहेको छ । धुलो र लामखुटटेकै कारणले गर्दा दिनहुं स्थनियहरु बिरामी हुन थालेका छन् । धुलो र लामखुट्टेको समस्या निक्कै बढेकोले गर्दा बिरगंजका स्थानीयहरुले चक्का जाम गरी बिरगंज महानगरपालिकामा बिरोध जनाएका छन । यदी समस्याहरु यथासिघ्र समाधान भएन भने यातायात नखोलिने स्थानि बिकास सिंहले बताए । 

बिरगंज महानगरपालिकामा धुलो र लामखुट्टेले गर्दा क्लिनिक र अस्पतालहरुमा बिरामीहरुको चाप बढेको छ । - नेहाल खानको सहयोगमा 


यस बिषयमा तपाइको प्रतिक्रिया...!