दोलखामा एक पुरुषको वेवारिसे शव फेला

Posted on: 12 Mar, 2018

ताराबहादुर महत । फागुन २८, दोलखा । चरिकोटस्थित होटल कुबेर नजिकै आज विहान एक पुरुषको वेवारिसे शव फेला परेको दोलखा प्रहरीले जनाएको छ ।


कुबेर होटल नजिक रहेको धुलिखेल नेवारी खाजा घर अगाडि अन्दाजी ३५ बर्षिय अपरिचित पुरुषको शव फेला परेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । अपरिचित शवको मुचुल्का गरी पोष्ट मार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकाटको शव गृहमा राखिएको प्रहरी प्रमुख कार्कीले बताउनुभयो ।

मृतकको शवमा शरीरमा रातो सेतो गेम टिसर्ट र हरियो कट्टु लगाएको, घुम्रिएको कपाल भएको र उचाई ५ फिट ४ इन्च रहेको प्रहरीको भनाई छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!