४ महिनादेखि तलब नपाएको भन्दै वीरगन्जका शिक्षकहरु आन्दोलित

Posted on: 12 Mar, 2018

फाल्गुन २८,वीरगन्ज | वीरगन्ज महानगरपालिकाका शिक्षकहरु ४ महिनादेखिको तलब नपाएको विरोधमामा उत्रिएका छन् | 


आफुहरुले  ४ महिनादेखिको तलब नपाएको भन्दै वीरगन्ज महानगरपालिका कार्यालयको मुलगेट बन्द गरि धर्नामा बसेका छन । वीरगन्ज महानगरपालिकामा ३२ वटा वडाहरुमा ९३ वटा विधालयहरु रहेका छन । यस ९३ वटा विधालयमा ९५३ जना शिक्षकहरु कार्यरत रहेको छन् । वीरगन्ज महानगरपालिका भए देखी शिक्षकले ४ महिनादेखी तलब, भत्ता, मसलन्द, जस्ता आर्थिक सुविधा कुनै पनी नपाएकोले  बाध्य भई आन्दोलनमा उत्रिएका हुन् । आफुहरुले  गरेको मागको सुनुवाई नभएमा चैत्र ३० गते हुन गई रहेको बिद्यालय स्तरका सबै फाईनल परिक्षाहरु बहिष्कार गरिने आन्दोलीत शिक्षक राजेन्द्र सिहं ले बताउनुभो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!