डोटीमा मिनिट्रक दुर्घटनामा परि एकको मृत्यु

Posted on: 12 Mar, 2018

प्रकाश बम, फागुन २८, डोटी | डोटीको सिलगढीवाट दिपायल तर्फ आउदै गरेको से१ ख १२१५ नं को मिनिट्रक आज अपरान्ह करीब ४:३० बजे तिर दुर्घटना हुदा एक जना मृत्यु भएको छ  ।


दिपायल सिलगढी नगरपालिका वडा नं ५ का चालक नर बहादुर मलासीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

 जिल्ला अस्पताल डोटि लैजाने क्रममा उनको बाटोमा मृत्यु भएको जनाएको छ । सोही ठाउका शंकर  मलासी गम्भीर घाइते भएका छन् ।

 उनलाइ नेपालगन्ज रिफर गरीएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख मधुसुदन लुइटेलले जानकारी दिनु भयो । मिनिट्रक सडकवाट ५० मिटर तल खसेको छ ।

त्यस्तै हिजो ट्याक्टरको ठक्करबाट एक बालकको ज्यान गएको छ । दिपायल सिलगढी नगरपालिका–४ राजपुर दिपायलमा से २ ख ९०८ नम्बरको ट्याक्टरको ठक्करबाट स्थानीय अढाई बर्षिय बालक बिश्वास खातीको घटनास्थलमै मृत्यू भएको ईलाका प्रहरी कार्यालय दिपायलका ईन्चार्ज दिल बहादुर कुँबरले जानकारी दिनुभयो ।





यस बिषयमा तपाइको प्रतिक्रिया...!