विकास निर्माणका काममा जान पाउदैनन छाउ भएकी महिला

Posted on: 13 Mar, 2018

नन्द बहादुर रोकाया/फागुन २९, मुगु | मुगु लगायत कर्णालीका जिल्ला तथा सुदूर र मध्यपश्चिमका जिल्लाका महिलाहरु महिनावारी भएका बेला बिकास निर्माणका कामबाट बन्चित हुने गरेका छन | अन्धविस्वासका कारण देवीदेवता रिसाउने डरले महिनावारी अर्थात स्थानीय भाषामा छाउ भएका बेला सामाजिक रुपमा काम गर्नु हुदैन भन्ने अलिखित नियमले महिलाहरु महिनावारी भएका बेला विकास निर्माणमा काममा नजाने गरेका छन । 

महिनावारी भएकाबेला महिला लाई सामाजिक क्षेत्रका काममा लगाएपछी देविदेवता लाग्ने भन्दै महिला हरु कामगर्न नजाने गरेका हुन । महिनावारी भएकाले बेला अरुले थाहा पाउलान्, कतिपय अवस्थामा दुःखाइको पीडा जस्ता कारणलेपनी महिला नेतृत्व लगायत सामाजिक बिकास निमार्णका कार्यमा चासो नदेखाउने नजाने गरेका छायाँनाथ रारा नगरपालीका वडा नं १ की राम लक्ष्मी मल्लले बताउनुभयो ।  महिला हेरक क्षेत्रमा पछी परेका छन एक त महिलामाथि गरीने विभेदले पनी महिला जुन सुकैकाममा पनी पछी हट्ने गर्दछन ।

 पुरुष प्रधान देश भएकै कारण पनी महिला महिनावारी भएका बेला काम गरे अशुभ हुने भन्दै महिला लाई सामाजिक क्षेत्रमा काम नगराईने उहाँको भनाई छ । 

छाउपडी प्रथाले प्रत्येक व्यक्तिदेखि बिकास निमार्ण तथा समाजसम्मलाई असर परिरहेको छ ।

 छाउपडी प्रथाले निम्त्याएको असरका बारेमा सबै लाई थाहा छ । तर हरेक क्षेत्रमा महिलामाथि विभेद गरेका पाईन्छन महिला महिनाबारी भएका बेला काम गरेको थाहा पाए  पुरुषहरुले विभेद गर्ने गरेकाले महिलाहरु बिकास निर्माण काम गर्न नजाने गरेका महिलाहरुको भनाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!