सल्यानको वित्रेणि गाउपालिकामा सार्वजनिक सुनुवाई हुने

Posted on: 13 Mar, 2018

फागुन २९, सल्यान | सल्यानको वित्रेणि गाउँपालिकाले बुधबार सार्वजनीक सुनुवाइ कार्यक्रम गर्दै छ ।

काभ्राको रामबजारमा सार्वजनीक सुनुवाइ कार्यक्रम गर्न लागीएको गाउँपालिकाले जानकारि दिएको छ । 

विकास गतिविधि र विषयगत निकायहरुले प्रवाह गरेका सेवा तथा सुविधाको बारे स्थानिय नागरिकहरुमा के कस्तो प्रभाव परिरहेको छ र सेवा सुविधा प्रतिको उनिहरुको गुनासो के छ भन्ने मूल विषय वस्ुतमा केन्द्रीत रहेर सार्वजनीक सुनुवाइ कार्यक्रम गर्न लागीएको प्रमुख प्रशासकिय अधिकृत रेमन्त डागीले जानकारि दिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा धेरै गुनासाहरुको सम्वोधन गाउँपालिकालका जवाफदेहि वक्ताहरुबाट कार्यक्रम स्थलमै हुने छ ।

बुधबार विहान रामबजारमा वडा नम्बर १, २ र ३ लाइ केन्द्रीत गरेर हुन लागेको सार्वजनीक सुनुवाइमा उपस्थीत भइदिन गाउँपालिकाले सम्पूर्ण वडावासि नागरिक, राजनीतीक दलका प्रतिनिधी तथा सरोकारवालाहरुमा अनुरोध गरेको छ । 

नागरिकलाइ आफ्नो अधिकार खोज्न जागरुक बनाइ उनीहरुलाइ पनि आफ्नो कर्तव्य बोध गराउने उद्देश्यले यो सुनुवाइ गर्न लागीएको गाउँपालिकाका सुचना अधिकारि गोपाल केसीले बताएका छन् । कार्यक्रम विहान ११ बजेबाट रामबजारमा शुरु हुने छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!