कपुरकोटको खानेपानी समस्या समाधानका लागी स्थानीयसँग छलफल

Posted on: 13 Mar, 2018

फागुन २९, सल्यान । जिल्लाको प्रवेशद्धारको रुपमा रहेको कपुरकोट बजारमा खानेपानीको चरम अभावलाइ पुर्ति गर्नका लागी गाउँपालिकाले योजना सञ्चालन गर्ने भएको छ ।

बजार क्षेत्रमा खानेपानी समस्याको दिर्घकालिन समाधानका लागी योजनाको ‘डिटेल सर्वे’ सम्पन्न भइसकेको छ | गाउँपालिकाले आज मंगलबार बजार बासिन्दासंग छलफल गरेको छ ।

कपुरकोट बजारमा कसरि खानेपानीको सहज व्यवस्था गर्न सकिन्छ र योजना कसरि अगाडी बढाउने भनेर गाउँपालिकाले स्थानीयवासि तथा सरोकारवालाहरुसंग छलफल गरेको गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले बताए ।

 मंगलबारको छलफलमा निजी धारा घरमा ल्याएका घरधनीहरुसंग चैत्र १ गते फेरि अन्तरक्रिया गरेर अगाडी बढ्ने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत सुवास रिजालले जानकारि दिएका छन् ।

गाउँपालिकाले कपुरकोट क्षेत्रका ३ स्थानमा रहेका मुहानबाट पानी संकलन गरेर प्रत्येक बजार क्षेत्रका घरमा धारा पुर्याउने लक्ष्य राखेको छ । गाउँपालिकाका इन्जीनियरहरुले गरेको सर्वे अनुसार ३ वटा मुहानबाट ८० हजार लिटर पानी संकलन गर्न सकिन्छ । जसमा ६० हजार लिटर क्षमताको एउटा र २० हजार लिटर क्षमताको अर्काे रिजर्व टंकि निर्माण गरिने सव इन्जीनियर प्रेम विकले जानकारि दिए ।

कपुरकोट खानेपानी योजनाका लागी गाउँपालिकाले यस आर्थीक वर्षमा ५८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कपुरकोट क्षेत्रमा ११९ वटा धारा जडान गर्ने लक्ष्य रहेको छ । वर्षौदेखि कपुरकोटमा गर्मियाम शुरु हुने वित्तिकै खानेपानीको चरम अभाव हुने गरेको छ । तर कतिपयले व्यक्तिगत रुपमा एकलौटी पानी प्रयोग गर्दै आएका छन् ।।


यस बिषयमा तपाइको प्रतिक्रिया...!