अर्घाखाँचीमा करेन्ट लागेर एकको मृत्यु

Posted on: 14 Mar, 2018

फाल्गुन ३०, अर्घाखाँची | अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. ६ खिल्जी हटियाका अन्दाजी ६२ वर्षका कविराज श्रेष्ठको करेन्ट लागेर मृत्यू भएको छ ।


आज विहान १०:३० वजेको सेरोफेमा कुटमेराको घास काट्ने क्रममा हाईटेन्सन लाईनले करेन्ट लागेर उनको मृत्यू भएको हो । मृतक श्रेष्ठको सव पोष्टमार्टमको लागि अहिले जिल्ला अस्पताल सन्धिखर्क अर्घाखाँची लगिएको स्थानीय चन्द्र बस्नेतले जानाकारी दिनुभएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!