रुकुममा फोहोरमा फालेको अवस्थामा मृत शिशु फेला

Posted on: 14 Mar, 2018

फागुन ३०, रुकुम | रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा एक शिशु मृत अवस्थामा फेला परेको छ । 

नगरपालिका–ं ११ गिजागाड नजिकै आज बिहान– ६ बजेतिर एक शिशु फोहोरमा फालेको अवस्थामा एक शिशु रुकुम मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो । 

शव परीक्षणका लागि जाजरकोट जिल्ला अस्पताल खलंगामा पठाइएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको पनि उहाँले बताउनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!