परीक्षा मर्यादित बनाउन अभिमुखिकरण

Posted on: 16 Mar, 2018

चैत २, कालिकोट | रास्कोट नगरपालिकाले यही चैत ८ गतेदेखी सञ्चालन हुने बार्षिक परीक्षालाई मर्यादित बनाउने भएको छ । शुक्रबार नगरपालिकास्थित विभिन्न क्षेत्रका शैक्षिक सरोकारवालाहरुको उपस्थितिमा एक दिने अभिमुखीकरण गर्दै यही चैत ८ गतेदेखी सञ्चालन हुने बार्षिक परीक्षालाई मर्यादित बनाउन तीन तहबाट अनुगमन गर्ने तयारी गरेको नगर प्रवक्ता टक्कबहादुर फर्सालले जानकारी दिए ।

उनका अनुसार विगतका दिनहरुमा चिट चोरेर पास गर्ने र अभिभावकहरु नै चिट चोराउन जाने गरेको बताउँदै यसलाई पुर्ण रुपमा बन्द गरिने भएको छ । रास्कोट नगरपालिका उपप्रमूख मिमसरा बम शाहीको अध्यक्षता तथा नगर प्रमूख कासीचन्द्र बरालको पप्रमूख आतिथ्यतामा भएको कार्यक्रममा चिटरहित परीक्षा संचालनका लागि सबै सरोकारवालाहरुले सहमती जनाएका छन् ।

नगर प्रवक्ता फर्सालका अनुसार यही चैत ८ गतेदेखी सञ्चालन हुने बार्षिक परीक्षाको नगर प्रमूखको नेतृत्वमा रहेको नगर शिक्षा समिति, उप प्रमूखको नेतृत्वमा ससबै वडा अध्यक्षहरु र परीक्षा सञ्चालन भएका विद्यालयका प्रधानाध्यापक, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सम्बन्धित वडाका वडा अध्यक्षसहितको सहभागीतामा अनुगमन गरिने भएको छ । कार्यक्रममा रास्कोट नगरपालिकाका सम्पुर्ण वडा अध्यक्षहरु, कार्यकारी अधिकृत, नगर भित्रका विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!