बिहेको एक महिना नपुग्दै, शंकास्पद मृत्यु, गाडिएको शव निकालेर अस्पताल ल्याइयो

Posted on: 16 Mar, 2018

लोकेन्द्र प्रशाद जोशी | चैत्र २, दार्चुला । दार्चुलाको दुहु गाउँपालीका २ हिकिलामा एक महिलाको शव गाडेको ५ दिनपछि निकालिएको छ । सब शंकास्पद भएपछि पोष्टमार्टमकालागी निकालेर जिल्ला अस्पताल दार्चुला ल्याइएको हो ।

दुहुँ गाउँपालिकाको वडा नम्बर २ हिकिलाका अन्दाजी २१ वर्षीय लक्ष्मी भट्टको शव गाडेको ५ दिनपछि पोष्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

गत फागुन ४ गते हिकिलाकै वीरेन्द्र जोशीसँग प्रेम विबाह गरेकी मृतक भट्ट बिहेको एक महिना नपुग्दै मृत फेला परेकि थिइन । गत फागुन २७ गते मृत अवस्थामा फेला परेकी भट्टको सब सोहि दिन गाडिएको थियो ।

श्रीमान वीरेन्द्रसहित साथीहरुसँग खर्क गएकी भट्ट त्यस दिनको भोलिपल्ट मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतक भट्टका दाई केशब भट्टले प्रहरीलाई दिइएको उजुरीका आधारमा गाडेको शव निकालेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको हो ।

अहिले सब पोष्टमाटमकालागी अस्पतालमा राखीएको र शवको पोष्टमार्टम शनिबार गरिने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एब. सूचन अधिकारी लाल बहादुर साउँदले बताउँनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!