तुम्बेवा गाउँपालिका: महासंघका पदाधिकारी र जनप्रतिनिधीहरु वीच छलफल

Posted on: 17 Mar, 2018

जितेन्द्र भण्डारी | चैत ३, पाँचथर | पांचथरको तुम्बेवा गाउँपालिकामा सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारी र जनप्रतिनिधीहरु वीच आज छलफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा  स्थानिय तहमा रहेका सामुदायिक वनका अधिकार क्षेत्र बारे छलफल,योजना निर्माण, कार्यान्वयन,विद्यान नवीकरण,वन ब्यवस्थापन बारे छलफल भएको थियो ।

कार्यक्रममा वोल्दै गाउँपालिकाका अध्यक्ष होमनाथ थापाले सामुदायिक वनको संरक्षण संर्वद्धन र प्रर्वद्धनको कार्यक्रमलाई अघि वढाउने बताउनुभयो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ पाँचथर जिल्ला अध्यक्ष देवी न्यौपानेले अव सवै स्थानिय तह,जिल्ला वन कार्यालय तथा इलाका वन कार्यालय सित समन्वय गर्दे अघि वढ्ने बताउनुभयो ।

कार्यक्रममा महासंघका सचिव राजेन्द्र काफलेले सहजीकरण गर्नुभएको थियो । महासंघका तुम्बेवा अध्यक्ष खेम निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तुम्बेवा गाउँपालिका उपाध्यक्ष धनप्रसाद साँवा,विभिन्न वडाअध्यक्ष सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!