धनुषामा हत्या गरि फालिएको अवस्थामा बालकको शव फेला

Posted on: 18 Mar, 2018

चैत ४, धनुषा | धनुषामा आठ वर्षीय बालकको अपहरणपश्चात् हत्या भएको छ । 

कमला नगरपालिका– ८ बस्ने प्रमोद साहका आठ वर्षीय छोरा रमणको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । बालकको शव आज बिहान गाउँ नजिकै कुलामा हत्या गरेर फालिएको अवस्थामा फेला परेको छ । 

शनिबार साँझदेखि घरबाट बेपत्ता रमणको शव आज बिहान स्थानीय बासिन्दाले कुलाको पानीमा तैरिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृत बालकको शरीरमा घाउचोट र नीलडाम भेटिएकाले अपहरण गरी हत्या गरेर नै फालिएको हुन सक्ने धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताउनुभयो । शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!