नेपाल शिक्षक संघको प्रदेशको सदस्यमा थापा सर्वाधिक मत ल्याएर विजयी

Posted on: 18 Mar, 2018

जितेन्द्र भण्डारी | चैत ४, पाँचथर | नेपाल शिक्षक संघको प्रदेश नम्बर १ को खुल्ला सदस्यमा नेपाल शिक्षक संघ पाँचथरका पूर्व उपाध्यक्ष खड्ग थापा विजयी बन्नुभएको छ ।

काठमान्डौँमा भएको संघको आठौँ महाधिवेशन बाट थापाले ३ सय ९१ मत ल्याएर प्रथम वन्दै संघको प्रदेश नम्बर १ को सदस्य बन्नुभएको हो ।

प्रदेश सदस्यको २ खुल्ला सदस्य कोटामा थापाले सर्वाधिक मत ल्याउँदै प्रदेश सदस्य बन्नुभएको हो । उहाँको निकटम प्रतिद्धन्द्दी सुनसरीका बलाराम भट्टराईले २ सय ७७ मत ल्याउँदै उहाँ पनि प्रदेश सदस्य बन्नुभएको हो ।

त्यसैगरी भोजपुरका केशव प्रसाद अधिकारीले भने २ सय ५० मत ल्याएर तेस्रो वन्दै पराजित बन्नुभएको छ । यस्तै संघका अध्यक्षमा भने राजेन्द्रराज पौड्याल  ३ सय २४ मत ल्याएर विजयी बन्नुभएको छ भने उहाँका निकटम प्रतिद्धन्द्धी केशव प्रसाद निरौलाले २ सय ५६ मत ल्याएर पराजित बन्नुभएको छ ।

पौड्याल पाटीमा पौड्याल समूहका हुन् भने निरौला देउवा निकटका मानिन्छन् । यस्तै महासचिवमा सोमनाथ गिरी ३०१ मत ल्याएर विजयी बन्नुभएको छ भने उहाँका निकटम प्रतिद्धन्द्दी गोकर्ण बाँनियाले २ सय ७३ मत ल्याएर विजयी बन्नुभएको छ ।

अर्थसचिवमा पुष्पकला भट्टराई विजयी बन्नुभएको छ । अर्थसचिव र एक खुल्ला सदस्य बाहेक सवै पौड्याल समूहको टिम विजयी भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!