होजियारी उद्योगबाट मासिक ५० हजार आम्दानी

Posted on: 19 Mar, 2018

नन्द बहादुर रोकाया/चैत ५, मुगु | छाँयानाथ रारा नगरपालिका वडा नम्बर पाँचकी ४० वर्षिया धनमाया सिंह रारा होजियारी उद्योग चलाइरहनु भएको छ । 


सुईटर, मोजा, कुसन, लेस, गमला जस्ता साम्रगी उत्पादन गरी मुगु र मुगु बाहिरका जिल्लामा बेच्नु हुन्छ । २०५७ सालदेखि काटीले, कुरुसले बुन्दै बेच्ने उहाँले उन को सामाग्रीको व्यवापार रामै्र भएको देखेपछि २०६४मा उद्यम नै खोलर उनको सामाग्री उत्पादन गरिरहनुभएको हो । 

उन बाट बन्ने एक सय वटा सामाग्रीहरु बनाउने धनमायाले सिजनको बेला कर्मचारीको तलब र उद्योगको खर्च कटाएर महिनामा ५० हजार रुपैँया सम्म बचाउनु हुन्छ । शुरुमा घर बाटै आफन्तको सहयोगमा उन बाट मोर्ज, सुईटर बनाउन सिकेकि धनमायाले बिस्तारै जिवन परिर्वतनको लागी बाटोका रुपमा रोज्नुभएको हो  । उहाँ भन्नु हुन्छ मुगुमा आज सम्म १५ सय भन्दा बढी जना लाई आफुले सिप सकाएको र अहिले धेरैले रोजगारीको माध्यामा का रुपमा लागु गरेको बताईन । 

अहिले धनमायाले रारा होजियारी उद्योगमा अरु महिलालाई पनि सीप र रोजगारी दिनु भएको छ । जुम्ला चन्दननाथ नगरपालिका ९ की टेउकी सार्कीपनि यही उद्योगमा काम गर्नुहुन्छ । ३५ वर्षिया टेउकी भन्नुहुन्छ"पहिले श्रीमानको कमाईको भरमा थिएँ, अब त आफैं कमाउन सक्नु भएकी छु ।" 

रारा होजियारीमा अहिले दुई जना पुरुष र तिन जना महिलाले काम पाएका छन् । काम सिक्न चाहानेले निशुल्क तालिम लिन पाउँछन् ।  सोरु गाउँपालिका ३ नार्थपु कि भावना मल्लधनमायाको उद्योगमा उत्पादन भएका सुईटर, मोजा, कुसन,लेस, गमला जस्ता साम्रगी उत्पादन गरी मुगु लगायतका छिमेकि जिल्ला हुम्ला,जुम्ल तथा नेपालगञ्ज,काड्माडौ सम्म बिक्रीका लागि पुग्छन् । जिल्ला भित्र र छिमेकी जिल्लामा धनमाया सफल उद्यमी भनेर चिनिनुहुन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!