चैतेदशै विशेष सांस्कृतीक कार्यक्रममा निःशुल्क स्वास्थ्य चेकजाँच हुने

Posted on: 19 Mar, 2018

चैत्र ५, सल्यान । सल्यानको कपुरकोटमा मंगलबार र बुधबार हुन लागेको चैतेदशै विशेष सांस्कृतीक कार्यक्रममा निःशुल्क स्वास्थ्य चेकजाँच हुने भएको छ ।


 कार्यक्रम हेर्न आएका दर्शकहरुको चिनारि हस्पीटल, तुलसिपुर दाङले स्वास्थ्य चेकजाँच गर्ने भएको हो । 

मेडिकल अफिसर डा शरद खनाल सहितको चिकित्सकको टोलिले कपुरकोटमा हुन लागेको सांस्कृतीक कार्यक्रममा सबै प्रकारको स्वास्थ्य समस्याको चेकजाँच गर्ने सहमती आयोजक सुनौलो विहानी युवाक्लव संग भएको चिनारि हस्पिटल प्रालिका संचालक जागेश्वर ओलिले जानकारि दिएका छन् ।

यसैविच सांस्कृतीक कार्यक्रमको सबै तयारि पुरा भइसकेको क्लवले जनाएको छ ।

लोक कला संस्कृतीको संरक्षण र सल्यानमा पर्यटकहरु भित्राउने उद्देश्यले दुइ दिन गर्न लागीएको सांस्कृतीक कार्यक्रममा मंगलबार कलाकारहरु रोशन सिंह, सृजु अधिकारि, यज्ञ विक, झुमा डागी लगाएतका कलाकारहरुले प्रस्तुती राख्ने कार्यक्रम संयोजक पुरुषोत्तम परियारले जानकारि दिएका छन् । बुधबारको कार्यक्रममा चन्द्र शर्मा, टंक तिमिल्सीना, सम्झना लामिछाने मगर, करिष्मा मगर लगाएतका कालाकारहरुको प्रस्तुती रहने छ ।

विशेष गरि गर्मीयाममा प्राकृतिक ‘एसी’ पाइने कपुरकोट क्षेत्र ढकमक्क लालीगुराँश फुल्दा र जंगलभरि काला काफल लटरम्म गरेर पाक्दा निकै सुन्दर देखिने गर्दछ । यहि रमणिय ठाउँमा आयोजना हुने सांस्कृतीक कार्यक्रम हेर्न र गर्मि छल्न सल्यान जिल्लाको अलावा दाङ, बाँके, बर्दियाबाट पनि मानिसहरु आउने गर्दछन् । चिसो पानी पिउँदै दुइ दिन सम्म चल्ने चैतेदशै विशेष सांस्कृतीक कार्यक्रममा रमाउनका लागी आउन सुनौलो विहानी युवा क्लवका अध्यक्ष चुडामणि पिएमले सबैलाइ आग्रह गरेका छन् । कार्यक्रमको उद्घाटन मंगलबार विहान ११:३० बजे कृषि उपज बजार केन्द्र कपुरकोटको प्रांगणमा हुने छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!