यसरी आयो २६ बर्षपछि बागलुङ बलेवामा जहाज

Posted on: 19 Mar, 2018

चैत्र ५, पर्वत । पोखरा यस्तो सहर हो, जहाँ गाडीभन्दा पहिले जहाज आएको थियो । २०२८ सालमा खुलेको पृथ्वी राजमार्गबाट गाडी आउनु २० वर्षअघि २००८ सालमा तत्कालिन गृहमन्त्री विश्वश्वेरप्रसाद कोइराला र यातायातमन्त्री गशेणमान सिंह जहाज चढेर पोखरा ओर्लिएका थिए ।

पोखराजस्तै अर्को ऐतिहासिक ठाउँ हो, बागलुङको बलेवा । जहाँ भूपी शेरचन राजमार्ग खुल्नुभन्दा २६ वर्षअघि नै बागलुङको बलेवा विमानस्थलमा जहाज आएको थियो । पोखरा र बागलुङमा यति फरक हो कि पृथ्वीराजमार्ग खुले पनि पोखरा विमानस्थल चलिरहृयो तर पोखराजस्तो यात्रुको आउजाउ नहुने बलेवा बिमानस्थल बन्द भयो । पोखरा(बागलुङ सडक बनेपछि २०४८ सालमा बलेवा विमानस्थल बन्द भएको थियो ।

बन्द विमानस्थल सञ्चालन गर्न थुप्रै पटक पहल भयो तर पनि बलेवाको मैदानमा जहाज आउन सकेन । अहिले स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि फेरि विमानस्थलको चर्चा सुरु भयो ।

बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले विमानस्थल सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा पुगेर विमानस्थल सञ्चालनमा ल्याउने सहमति नै गराए । फलस्वरुप विमानस्थल निरीक्षण गर्न प्राविधिक टोलीनै आयो र सोमबार देखि नियमित उडान भर्ने योजना सहित २६ बर्षपछि पहिलो पटक जहाज पुनः बाग्लुङ बलेवा विमानस्थलमा अबतरण गरेको छ ।

निरिक्षण टोलीले गरेको सर्वे अनुसार चैत्रको पहिलो सातामा ‘सामान्य मर्मत, आसपासका रुख र उडड्यन उपकरणहरु राखे उडान भर्न सकिने बताएको थियो । सोही अनुसार काम भयो सोमबार जहाजले आफ्नो अबतरण गर्यो ।

प्राधिकरणका प्रबन्धक इन्दुराज अधिकारीको नेतृत्वमा नागरिक उड्डयन प्राधिकरण पोखराका इन्जिनियर इन्द्रराज ओझा र सञ्चार तथा उड्डयन सहायक विभागका इन्जिनियर ताराकान्त शाहले उक्त विमानस्थलको निरिक्षण गरेका थिए । नागरिक उड्ययन प्राधिकरणका प्रबन्धक इन्द्रराज अधिकारीले विमानस्थल सञ्चालनको समस्या नदेखिएको सहारापाटीलाई बताए ।

जहाजमा पोखरादेखि १३ मिनेटमै बलेवा विमानस्थल पुग्न सकिन्छ । बलेवा विमानस्थल पहाडी उडानका लागि महत्वपूर्ण गन्तव्य मानिएको छ । यही विमानस्थल हुँदै बागलुङ कालिका, ढोरपाटन, म्याग्दी, मुस्ताङ र पश्चिमका रोल्पा रुकुम, प्यूठान, गुल्मीसमेत पुग्न सकिने भएकाले आन्तरिक तथा बाहृय पर्यटकलाई सहयोगी बन्ने मेयर जनकराज पौडेलले सहारासँग बताए ।

बलेवा विमानस्थलबाट पोखरा, भैरहवा, काठमाडौं र जोमसोमलगायतका सहरमा जहाजले उडान सञ्चालन गर्दै आएका थिए । यो विमानस्थल हाल खेलमैदान र गौचरण बनेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!