रौतहटमा इँटाभट्टाको मजदूर माथि गोली प्रहार

Posted on: 20 Mar, 2018

चैत ६, रौतहट | रौतहटस्थित एक इँटाभट्टाका मजदूरमाथि गोली प्रहार भएको छ । 

कटहरिया नगरपालिका–८ पिप्रापोखरिया गाउँ छेउ रहेको नेम इँटाभट्टाका मजदूर ५० वर्षीय रामअसिष यादवमाथि अज्ञात समूहले गए राति गोली प्रहार गरेको प्रहरीले जनाएको छ । 

गरुडा नगरपालिका–५ महमदपुर घर भएका मजदूर यादव सोमबार राति इँटाभट्टामा अर्का एक मजदूरसँग सुतिरहेका थिए । राति करीव ११:३० बजे अज्ञात समूहले यादव माथि गोली प्रहार गरेको गरुडा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द थापाले बताउनुभयो । 

मजदूर यादवको ढाडमा गोली लागेकाले प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल पठाइएको उहाँले जानकारी दिनुभयो । 

घटनामा संलग्न रहेको आशंकामा सँगै काम गर्ने एक मजदूरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको र घाइते मजदूर यादव गजँडी भएकाले उसको व्यक्तिगत दुस्मनीको कारण यस्तो घटना हुन गएको प्रहरीको प्रारम्भिक अनुमान छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!