कञ्चनपुरको बेदकोटमा सुविधा सम्पन्न कवर्डहल बन्ने

Posted on: 20 Mar, 2018

चैत ६, कञ्चनपुर | कञ्चनपुरको बेदकोट नगरपालिका– ३ भम्कामा रु एक करोड बढीको लगानीमा अत्याधुनिक सुविधा सहितको कवर्डहल बन्ने भएको छ । 

नगरपालिकाका नगर प्रमुख अशोककुमार चन्दले एक समारोहकाबीच कर्वडहल निर्माणको आज शिलान्यास गर्नुभयो । 

कवर्डहल निर्माण भएपछि नगर क्षेत्रमै राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरका खेलाडी उत्पादन गर्न सकिने उहाँले बताउनुभयो । 

कवर्डहल निर्माणका लागि रु एक करोड ३० लाख २० हजार विनियोजित रकम परिचालन गरी बोलपत्र आह्वान प्रक्रियाद्वारा निर्माण कार्य शुरु हुने छ । 

निर्माणको कार्य असार मसान्तभित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!