बालिका बेच्न लादै गर्दा भारतीय नागरिक पक्राउ

Posted on: 21 Mar, 2018

श्याम थापा/फाल्गुन ७, सुस्ता | बेच्न भनेर लगिएको बालिका सहित एक भारतीय नागरिक पक्राउ परेको छ ।


 नेपाल भारत सिमा स्थित नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवा स्थित वेलवानी बस्ने मुन्ना कलवारको छोरी बर्ष ७ कि नबिया कुमारी कलवारलाई भारत उत्तर प्रदेश माहाराजगन्ज जिल्ला डोमा बस्ने अन्दाजी ५० बर्षको ध्रुब हरिजनले मिठाइको लोभ देखाई बालिकाको घरबाटै साईकलमा बसालेर लगेको हरिजनले बताए । 

बालिका कलवारलाई आफुले खेलाउन भनेर लगेको र अर्को दिन बालिकाको घरमा पुराइदिने सोचले बालिका कलवारलाई आफुले लगेको पक्राउ परेको भारतीय नागरिक हरिजनले बताए तर बालिका कलवारका परिवारले भने आफ्नो छोरीलाई ध्रुब हरिजनले बेचबिखन  गर्ने उद्देश्यले लगेको परिवारको दाबी छ ।

 बालिका कलवारका बुवा मुन्ना कलवारको भनाइ अनुसार उनको छोरी नबिया कलवार दिउँसोको ४:३० बजे घरबाट हराएको र उनको सोही समयबाट गाउलेहरुको सहयोगमा खोजी कार्य भैरहेको थियो ।  बालिका कलवारलाई भारतीय नागरिक हरिजनले करिब दिउँसोको ५ बजे देखि नेपाल र भारत सिमा नजिकै भारतमा रहेको औराहा जङ्गलमा बालिका कलवारलाई बाधेर राखेको र रातिको १२ बजे जङ्गलबाट बालिकालाई लिएर हिड्ने  क्रममा भारत उत्तर प्रदेश माहारागन्जको गेडहवा पुलमा स्थानीय कमलकान्त पोख्रेल र बिगुवा बनियाले पक्राउ गरेको थियो । पक्राउ  परेको भारतीय नागरिक ध्रुब हरिजनलाई स्थानीयहरुले पक्राउ गरि प्रहरी चौकी रामनगर बुझाएको र सो हरिजनलाई आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय बेलाटारीमा पठाएको प्रहरी चौकी रामनगरका हवल्दार ऋषि राव यादवले जानकारी दिनु भएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!