भक्तपुरमा मापदण्ड मिचेर निर्माण गरिएका संरचना भत्काउन शुरु

Posted on: 21 Mar, 2018

चैत ७, भक्तपुर | मध्यपुरथिमि नगरपालिकाले मापदण्ड मिचेर बनाएको संचरना भत्काउन शुरु गरेको छ । 


शंखधरशाख्वा चोकदेखि सूर्यविनायक नगरपालिका दधिकोट जोड्ने हुनमन्ते पुलसम्मको सडक दायाँबायाँका संरचना भत्काएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । 

दैनिक सडक जाम हुने र पैदलयात्रीलाई समेत आवतजावतमा कठिनाइ भएपछि नगरपालिकाले सडक मापदण्ड मिचेर बनाइएका टहरा, पसल, घरको भ¥याङ भत्काइएको हो । 

सडक जाम भएपछि प्रहरीले यो सडकमा कार्यालय समयमा एकतर्फी सडक सञ्चालन गरे पनि सडक जाम नघटेको र सूचना जारी गर्दा पनि भत्काउन अटेर गरेपछि डोजर लगाएर नगरपालिकाले मापदण्ड विपरीतका संरचना भत्काएको श्रेष्ठले जानकारी दिनुभयो । 

संरचना भत्काएकाले अब त्यस क्षेत्रमा सडक विस्तार र फुटपाथ निर्माण गरिने भएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!