हेटौँडामा ट्रकको ठक्करबाट एकको मृत्यु

Posted on: 21 Mar, 2018

चैत ७, हेटौँडा | हेटौँडाबाट बारको कलैयातर्फ जाँदै गरेको ना ७ ख ४६८ नम्बरको ट्रकले आज अपराह्न हेटौँडा उपमहानगरपालिका–१० मा एक पैदलयात्रीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा सो उपमहानगरपालिका ८ का ४९ वर्षीय मोहनकुमार थापा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!