डोल्पा: बजार अनुगनमा ११ बर्ष पहिले बनेका बस्तुको भेटिए

Posted on: 22 Mar, 2018

टेकबहादुर शाही/चैत्र ८, डोल्पा । डोल्पाको सदरमुकाम दुनैमा रहेको बजार अनुगमन गर्दा ११ बर्ष पहिले बनेका खाद्य बस्तु भेटिएका छन ।


५ महिना पछि दुनै बजार अनुगमन गर्दा यस्ता खाद्य बस्तु भेटिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।

 सहायक प्रमुख जिल्ला अधिकारी बम बहादुर केसीको नेर्तत्यवमा गएको बजारमा अनुगमनको टोलीले  ११ बर्ष पहिले बनेका बस्तुहरु बरामत गरि नष्ट गरे केसिले जानकारी दिएका छन । अंग्रेजी मिति २००७ सालमा बनेको सेम्पु लागयत अन्य खाद्य बस्तुहरु फेला परेको र सबै बरामत गरि नष्ट गरेको बताए ।


  बजारमा रहेका पशल, होटेल मेडिकल ,अन्य सबै व्यबसायको अनुगमन गर्दा मिती गुज्रेका विभिन्न बस्तुहरु गरेर करिब १ लाख ५० हजार बराबरको बस्तुहरु को नस्ट गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए । उनका अनुसार मिती गुज्रनेमा बढी पेय पदार्थ, मसला जन्य , श्रृन्गारिक बस्तु , चिया पत्ती चाउचाउ विस्कुट हरु रहेका बताए । 


५ महिना पछि दुनै बजार का ५२ वटा पशल तथा होटेलहरुको अनुगमन गरिएको छ । प्रशासन, उद्योग बानिज्य संघ,कोलेनिका,सुरक्षा कर्मीले अनुगमन गरेको सहायक प्रमुख जील्ला अधिकारी बम बहादुर केसीले जानकारी दिए । 

डोल्पामा म्याद गुज्रिएका खाद्य तथा अन्य दैनिक उपभोग्य बस्तुहरु नेपालगञ्ज देखि जाजरकोट हुदै जाने गरेकोले नेपालगञ्ज र जाजरकोटमा नै म्याद चेकजाच गरिनु पर्ने उद्योग बाणिज्य संघ डोल्पाको माग रहेको छ । उपभोक्ताहरु भन्छन म्याद गुज्रेका र केहि महिना म्याद बाकि रहेका दैनिक उपभोग्य सामानहरु डोल्पा पठाउने गरेका छन । 


डोल्पालाइ म्याद गुज्रेका सामान थुपार्ने खाडल बनाएको उपभोक्तको आरोप छ । अब नियमित रुपमा अनुगमन हुने र उपभोक्ताको अधिकार हनन हुन नदिने प्रमुख जिल्ला अधिकारी थापाको दावी रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!