शशक्त बन्दै महिलाहरु

Posted on: 23 Mar, 2018

सास । चैत्र ९, बर्दिया ।

जिल्लाको राजापुर नगरपालिकामा आजदेखि नगर स्तरीय महिलाहरुका लागि ५ दिने आधारभूत उद्घोषण तालिम शुरु गरिएको छ ।


राजापुर नगरपालिकाको आर्थिक सहयोग र रेडियो साथी एफ एमको आयोजनामा सञ्चालन गरिएको तालिममा १० वटै वडाका २० जना महिलाहरुलाई तालिम दिईएको हो । तालिमको उद्घाटन सत्रलाई सम्वोधन गर्दै राजापुर नगरपालिकाका प्रमुख शिव प्रसाद चौधरीले विभिन्न ठाउँ, सार्वजानिक सरोकारका विषयहरुमा आवाज उठाउन सक्ने, विकासे योजनामा स्थानिय आवश्यकताका वारेमा वोल्न सक्ने र आत्म विश्वासी वनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो । वहाँले सहभागीहरुलाई ५ दिनसम्म ध्यान पूर्वक ज्ञान हासिल गरी नगरपालिकाका हरेक कार्यक्रममा सहभागि भएर रचनात्मक सहयोगको अपेक्षा राखेको वताउनु भएको थियो ।

आज तालिमको पहिलो दिन रेडियो गुर्वावा एफ एम बाँसगढी वर्दियाकी स्टेशन म्यानेजर तथा सिआईएनका संवाददाता पुष्पा चौधरीले सहजीकरण गर्नु भएको तालिममा टेक्निकल कलेज राजापुरका गिता अर्यालले सहभागिहरुले आत्म विश्वास बढाएर ज्ञानको घैटो भरिने गरि सिक्नु पर्ने वताउनु भएको थियो ।

राजापुर कम्युनिकेशन प्रा लि का अध्यक्ष विश्वमान प्रधानको सभापतित्वमा सञ्चालन भएको तालिममा नगर प्रमुख, पत्रकारहरुको उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तव्य रेडियो साथी एफएमका स्टेशन म्यानेजर तथा पत्रकार मिन अधिकारीले राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण टेक्निकल कलेजका व्यवस्थापक राज कुमार थारुले गर्नु भएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!