कालिकोटमा शल्यक्रिया शिविर सम्पन्न

Posted on: 26 Mar, 2018

चैत १२, कालिकोट  | पाठेघर खसेका महिलाहरुको अप्रेशन शिविर सोमबार सम्पन्न भएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय कालिकोटको आयोजना तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा गत सोमबारदेखी जिल्ला अस्पताल कालिकोटमा सञ्चालन भएको उक्त शिविर सोमबार सम्पन्न भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयय निमित्त प्रमुख डा. नहकुल शाहीले सात दिनको शिविरमा ६ जना महिलाहरुले मात्र सेवा लिएको जानकारी दिए । उनका अनुसार पाठेघरको स्क्रिनिङ धेरै महिलाहरुको भयो । जसमा समस्या देखिएका ७ जना महिला मध्य ४ जनाको जिल्ला अस्पतालमै अप्रेशन भएको छ । २ जनाको स्वास्थ्य अवस्था जटिल भएकाले उनीहरुलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाईएको छ ।

एक जना महिला अप्रेशनकै बेडबाट डरले अप्रेशन नगराई घर फर्किएकी छन् । डा. शाहीले आफुहरुले शिविरको आयोजना गर्दा ३०–३५ जना महिलाहरुले निःशुल्क अप्रेशन सेवा लिने अनुमान गरिए पनि त्यस अनुसार सेवाग्राही नआएको बताए । निःशुल्क आयोजना गरिएको शिविरमा सेवाग्राही नआउनुमा केही महिना अघि जिल्ला अस्पतालमा प्रसुति सेवा लिन आएकी सुत्केरी महिलाको मृत्युपछि भएको अससामान्य वातावरणका कारण हुन सक्ने अनुमान गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!