बढ्दै छ दुर्घटनाको जोखिम बुर्तिबाङ बागलुङका ग्रामीण सडकहरुमा

Posted on: 27 Mar, 2018

बिमल खड्का/चैत्र १३, बुर्तिवाङ। बागलुङ जिल्लाका पश्चिम बुर्तिबाङका ग्रामिण सडकहरुको दुर्दशा भनिसक्नु छैन । 


गाउँगाउँ घरआगनसम्म मोटर गुडाउने स्थानीयको चाहना र होडबाजीले अनेपेक्षित घटनाहरु पनि बढ्दै गएका छन् । खासगरी सुदूर पश्चिम निसी, भूजी, तमान,  खुंखानी लगाएतका क्षेत्रमा यस्ता दुर्घटनाबाट मानिसहरु बढी प्रभावित रहेका छन् । 

मोटरबाटो निर्माण गर्दा भूवनावटको गम्भीर अध्ययन हुनु जरुरी छ देखिएकाे छ  । 


केहिदिन पहिले बडीगाडको दर्लिङ हुँदै भिङगिठे मोटरबाटो खन्दै गर्दा माथिबाट खसेको पहिरेले डोजर समेत पुरी डोजर चालक दुईजना युवाहरुको घटनस्थलमै ज्यान गएको थियो भने त्यस्तै केहि दिन पहिले दर्लिङको गंगरेमा जीप दुर्घटना हुँदा जीपका मालिक मेख बहादुर बुढाको घटनास्थलमै मृत्यु भएको थियो | बोवाङ देखी बुर्तिवाङ आउँदै गरेका दुईटा ट्याक्टर केहि मिटरको अन्तरमा भुजीखोलामा खसेर दुर्घटना भएको थियो । 

यी त केहि हालसालैका दु:खद दुर्घटनाहरु हुन् । तर यस्ता दुर्घटनाहरु धेरै भईसकेका छन । 

भनाईको तात्पर्य ग्रामिण सडकहरुमा दुर्घटनाको जोखिम अत्याधिक बढेको छ । कच्चि मोटर बाटो त्यसैमा खाल्डा खुल्डीमा चलिरहेका सवारी साधनहरुका सिटमा खचाखच हुन्छन । त्यसैमा यात्रु हालेर अझै नपुगेर छतमा हाल्दा सवारी सधानहरु क्षमता भन्दा बढि यात्रु हाल्दा त्यसमा सवार यात्रुहरू कति सुरक्षित होलान ?

यसरी खुलेयाम चलिरहेको गाडिहरुलाई ट्राफिक प्रहरीले बजारमा मात्र केन्दित नभएर अन्य जोखिमपूर्ण ठाउमा पनि छड्के जाँच गर्ने हाे भने दुर्घटना न्युनिकरणमा हुने थियाे|

बुर्तिबाङबाट हुन्द्रफेदी, खुंखानी, बोङ्गादोभान र तमान विभिन्न सवारी साधनहरु चलिरहेका छन । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!