बैतडीमा डुबेर एक विद्यार्थीको मृत्यु

Posted on: 27 Mar, 2018

चैत १३, बैतडी (रासस) |  जिल्लाको डिलाशैनी गाउँपालिका–३ मौलाबगरमा आज दिउँसो नुहाउने क्रममा डुबेर एक विद्यार्थीको मृत्यु भएको छ । 

स्थानीय दुर्गा मावि परीक्षा केन्द्रबाट एसइई परीक्षा दिइरहेका डिलाशैनी–६ का राजेन्द्र कठायतको चौलानी नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

आज विज्ञान विषयको परीक्षा दिएर नुहाउन स्थानीय चौलानी नदीमा साथीहरुसँग गएका उनको नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!