कञ्चनपुरकी एक महिला बसभित्रै मृत फेला

Posted on: 28 Mar, 2018

चैत १४, कञ्चनपुर | कञ्चनपुर महाकाली नगरपालिका–१ कञ्चभोजका ५० वर्षीय सुशील थापा आज बसभित्रै मृत फेला परेका छन् । 

कास्कीको पोखराबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना ४ ख ८८४९ नं को बसभित्र उहाँ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताउनुभयो । 

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी चेकपोष्टमा बसको बोनटमा सुतेका थापा चेकजाँचका क्रममा नउठेपछि प्रहरीलाई खबर गरिएको थियो । थापा कास्कीको पोखरास्थित विद्युत् गृहमा मजदुरका रुपमा काम गरी घर फर्कंदै थिए । 

मृतक थापासँगै उनका दुईजना आफन्तसमेत रहे पनि मृत्यु भएको उनीहरुले समेत थाहा पाएका थिएनन् । थापा लामो समयदेखि क्षयरोगलेग्रस्त रहेको प्रहरीको भनाइ छ । शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!